आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालनमा

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले कोभिड महामारीको अवस्थामा रगतको सहज व्यवस्थापनका लागि ‘आकस्मिक घरदैलो रक्तदान अभियान’ सञ्चालन गरिरहेको छ ।
बढ्दो संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न गत वैशाख १६ गतेबाट गरिएको निषेधाज्ञादेखि नै ब्लड डोनर्स एसोसिएशनले जिल्लामा रहेका नेपाल रेडक्रसका उपशाखा तथा अन्य सहयोगी संघसंस्थाको सहयोगमा घरदैलो रक्तदान अभियान शुरु गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति मनोजकुमार थापाले बताए ।
सभापति थापाका अनुसार आकस्मिक घरदैलो रक्तदान अभियान सञ्चालनका लागि शाखाका मन्त्री परशुराम पाण्डेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । निषेधाज्ञाको अवस्थामा पनि दैनिक १५० जनाको हाराहारीमा रगत लिन रक्तसञ्चार केन्द्रमा आउने गरेको अभियानका संयोजक एवम् मन्त्री पाण्डेले बताए ।
उनका अनुसार दोस्रोपटक शुरु भएको निषेधाज्ञादेखि अर्थात् गत वैशाख १६ गतेदेखि हालसम्म ६३ स्थानमा रक्तदान कार्यक्रम आयोजना भएका छन् ।
















कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया