कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । नेपालमा पछिल्लो एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमित थपिने भन्दा निको हुनेको दर बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जेठ १४ देखि २० गतेसम्म ३८ हजार ७९६ कोरोना संक्रमित थपिएका छन् ।
सो अवधिमा १ लाख २३ हजार ९२८ नमूना परीक्षण गर्दा ३८ हजार ७९६ जनामा संक्रमण पुष्टि भएको छ । कुल परीक्षणको ३१ प्रतिशतमा संक्रमण देखिएको छ । सोही अवधिमा ४८ हजार ६३८ संक्रमणमुक्त भएका छन् । ६७९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।
कुन दिन कति संक्रमित थपिए
मन्त्रालयका अनुसार जेठ १४ गते ६ हजार ९५१, १५ गते ४ हजार ४८७, १६ गते ४ हजार ३६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी जेठ १७ गते ४ हजार ७६२, १८ गते ६ हजार ८५, १९ गते ५ हजार ३१६ र २० गते ५ हजार ९०४ संक्रमित थपिएका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ ।
एक सातामा ४८ हजार ६३८ संक्रमणमुक्त
मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक सातामा ४८ हजार ६३८ जना कोरोनामुक्त भएका छन् । संक्रमित थपिनेको संख्याभन्दा निको हुनेको संख्या ९ हजार ८४२ ले बढी छ ।
जेठ १४ गते ९ हजार ४१, १५ गते ६ हजार ८०, १६ गते ६ हजार २०५, १७ गते ६ हजार ४९१, १८ गते ६ हजार ८९८, १९ गते ७ हजार २१९ जना र २० गते ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोरोना निको हुने संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । यो कुल संक्रमणको ८१ प्रतिशत हो । हाल विभिन्न अस्पताल तथा आइसोलेसनमा १ लाख १३९ सक्रिय संक्रमित छन् ।
संक्रमण घटेको भन्न मिल्दैन– प्रवक्ता पौडेल
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल अहिले नै कोरोना संक्रमण घटेको भन्न नसकिने बताउँछन् । पिसिआर परीक्षण घट्दा संक्रमितको संख्या कमी आएको छ ।
उनी भन्छन्– ‘सातै प्रदेशमा तीव्र परीक्षणका लागि एन्टिजेन किट पठाइएको छ तर त्यसको रिपोर्टिङ राम्रोसँग भएको छैन ।’ मन्त्रालयले सातै प्रदेशमा करिब ११ लाख एन्टिजेन टेष्ट किट पठाएको छ ।
एक सातामा झण्डै ७ सयको मृत्यु
पछिल्लो एक साता कोरोनाबाट ज्यान गुमाउनको संख्यामा केही कमी देखिएको छ । जेठ १४ देखि २० गतेसम्म ६७९ जनाको संक्रमणकै कारण ज्यान गएको छ ।
जेठ १४ गते ९६, १५ गते ११६, १६ गते १०९, १७ गते ११४, १८ गते ६४, १९ गते १०१ र २० गते ७५ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाकै कारण ७ हजार ६३० नेपालीले ज्यान गुमाइसकेका छन् । नेपालमा मृत्युदर १.३२ प्रतिशत छ ।
अघिल्लो साता अक्सिजन अभाव हुँदा मृत्युदर बढेको विज्ञहरु बताउँछन् । अक्सिजनको समस्या घटेसँगै मृत्युदर पनि ओरालो लागेको उनीहरुको भनाइ छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया