असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने वीरगञ्ज महानगरको निर्णय
अभिभावकहरुको प्रश्न : विद्यालय सञ्चालन गर्न मिल्ने गरी कोरोना नियन्त्रणमा आएकै हो र ?
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले आगामी शैक्षिक सत्र असार १ गतेदेखि क्रमिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरले असार १ गतेदेखि विद्यार्थीको उपस्थिति गराएर कक्षा ८ देखि १२ सम्म कक्षा सञ्चालन गर्न लागेको हो ।
शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पढाई सुरु गर्न पत्राचार गरिरसकेका छन् । विद्यालय सञ्चालन गर्न केही शर्तहरू पालना गर्नु पर्ने पत्रमा उल्लेख गरिएको छ । विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरू अनिवार्य पालना गर्नु पर्ने छ ।
वीरगञ्ज महानगरमा निजी र संस्थागत गरी २ सयभन्दा बढी विद्यालयहरू छन् ।
कोभिडका कारण देशका अधिकाशं क्षेत्र लकडाउनको मारमै रहिरहेका बेला वीरगञ्ज महानगरपालिकाले विद्यालय खोल्ने तयारी गरेको हो । विद्यालय सञ्चालन गर्न ७ वटा शर्तहरु पालना गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ ।
विद्यालयमा भौतिक उपस्थिति गराई पठनपाठन गर्न विद्यार्थीहरुको अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु (मास्क, साबुन, पानीले हात धुने व्यवस्था, सेनिटाइजर भौतिक दुरी, थर्मल गनले ज्वरो नाप्ने आदि) अनिवार्य पालना गर्नु पर्ने उल्लेख छ । महानगरकापालिकाले कोरोनाकोको प्रभाव क्रमशः घट्न थालेकोले विद्यालय खोल्दै जान लागिएको जनाएको छ ।
अभिभावकहरुले भने विद्यालय सञ्चालन गर्न मिल्ने गरी कोरोना नियन्त्रणमा आएकै हो र ? भन्दै प्रश्न गर्न थालेका छन् । महानगरले विद्यालय सञ्चालन गर्न परिपत्र गरेपछि अभिभावकहरु भने विद्यालय आफना बालवञ्चा पठाउने या नपठाउने भन्ने दुविधामा छन् ।

















इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रतिक्रिया