प्रदेश १ को बजेट अधिवेशन आज सुरु हुँदै

काठमाडौं । प्रदेश १ प्रदेश सभाको बजेट अधिवेशन आज सुरु हुँदै छ ।
गत बिहीबार बसेको प्रदेश मन्त्रिपरिाष्द बैठको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले आज दिउँसो २ बजे बस्ने गरी अधिवेशा आह्वान गरेका हुन् । प्रदेश १ प्रदेश सभाको यो आठौं अधिवेशन हो ।
कोरोना महामारीलाई कारण देखाउँदै समयमा प्रदेश सभा अधिवेशन नबोलाएको प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन २०७४ संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय यसअघि गरेको थियो ।
कार्यविधिमा उल्लेख भएको १५ दिनअघि पूर्वबजेट छलफल गर्नुपर्ने प्रावधानलाई संशोधन गरी पाँच दिन बनाइएको छ ।
यसैबीच प्रदेश १ सरकार र मुख्यमन्त्री शेरधन राईलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छ । माओवादी केन्द्रले हिजो नै प्रदेश सरकारलई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरिसकेको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता ीलएको माओवादी केन्द्रका सांसदलाई पिवक्षीको रोस्टरमा बस्ने व्यवस्था मिलाएको प्रदेश सभा सचिवालयले जनाएको छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपनि प्रदेश १ मा एमालेको एकल बहुमत छ ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
प्रतिक्रिया