डोल्पामा हेलिकोप्टरबाट औषधि ढुवानी

जाजरकोट । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतबार हेलिकोप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ ।
दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए ।
डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाभित्रका गाउँगाउँमा सर्वसाधारणहरू ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेको समाचार प्रकाशित भएको थियो ।
तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत विज्ञप्ति निकाल्दै सहयोगको याचना गरेका थिए ।
जनजाति विकास केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेका अनुसार उपल्लो डोल्पामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको अल्टिच्युट प्रोजेक्टको सहयोगमा खरिद गरिएका २३० केजी अति आवश्यक औषधि, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागबाट पाएको दुई थान अक्सिजन कन्सन्ट्रेटर र हिक्यापबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा हेलिकोप्टरमार्फत पठाइएको छ ।
नोम्याड्स क्लिनिकको आर्थिक सहयोगमा सोही हेलिकोप्टरमा डोल्पो टुल्कु च्यारिटेबल फाउन्डेसनको सहयोगमा प्राप्त भएको ८०० थान हेपाटाइटिस बीको भ्याक्सिन र डोल्पो बुद्ध गाउँपालिकाको आम्चीका औषधिहरु सोही गाउँपालिकाको केन्द्र धो तरापमा पुर्याइएको छ ।
कोभिड परीक्षणका लागि १००/१०० थान कोभिड एन्टिजेन किटहरु पनि दुईवटा गाउँपालिकामा पठाइएको छ ।
गाउँगाउँमा कोभिड फैलिएको आशङ्काले उपल्लो डोल्पाको तीन पालिकामा रोग र भोक दुवैबाट हुनसक्ने समस्या टार्न संघीय र प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थामा सहयोगका लागि डोल्पो जनजाति विकास केन्द्रका अध्यक्षले अपिल गरेका थिए ।













बाँकेमा दुई हजार ४९१ निर्वाचन प्रहरी भर्ना गरिँदै
पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भङ्ग भएको होः रास्वपा
१२ दिन हामीलाई धेरै पीडादायी भयो : कुलमान घिसिङ
धनुषामा झडप हुँदा १२ जना घाइते
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
शंखरापुर दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत, घाइते २३ जनाको उपचार हुँदै
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
प्रतिक्रिया