उदयपुरमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

उदयपुर । जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार बेलुका ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा १८ च १५६७ नम्बरको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।
घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया