अपराध
अप्रेसन ‘माइक ह्वीस्की’ : अनैतिक सम्बन्धका कारण माओवादी नेता पाण्डेको गोली हानी हत्या
मुख्य याेजनाकार श्रीमती महिमासहित ११ पक्राउ

काठमाडौं । गत जेठ ५ गते राति ११ बजे नेकपा (माओवादी केन्द्र)को कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भयो । माओवादीको जिल्ला सदस्य समेत रहेका कपिलवस्तु नगरपालिका–१ का ३४ वर्षीय पाण्डेको गोली हानी हत्या गर्ने घटनाको मुख्य योजनाकार उनकै श्रीमती महिमा रहेको पाइएको छ ।
२ राउण्ड गोली गोली लागेर घाइते भएका उनको जेठ ११ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले घटना भएको २५ दिनपछि हत्यामा संलग्न भएका व्यक्तिलाई सार्वजनिक गरेको छ ।
प्रहरी अनुसन्धानले मृतक पाण्डेकी श्रीमती र गोली पहार गर्ने ओमप्रकाश यादवबीच अनैतिक सम्बन्ध भएकै पुष्टि भएको छ । घटना भएको २ दिनमै प्रहरीले ओम प्रकाशलाई पक्राउ गरेको थियो ।
ओमप्रकाश र महिमाले पाण्डेको हत्याको लागि हतियार खरिद र पटक–पटक पेशेवर अपराधीलाई बैना रकम दिएको अनुसन्धानमा खुलेको छ । ओमप्रकाश र महिमा मिलेर पाण्डेको हत्याको योजना बनाएको र हतियार खरिद तथा व्यवस्थापनको काम ओमप्रकाश एक्लैले गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
प्रहरीले घटनाको २ दिनमै कपिलवस्तु नगरपालिका–१ का ३९ वर्षीय ओमप्रकाश र सोही नगरपालिका–२ बस्ने साकिर अलि पाखियालाई पक्राउ गरेको थियो । प्रहरीले पाण्डेयको हत्यामा संलग्न मुख्य योजनाकार श्रीमतीसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले ११ जनालाई पक्राउ गरेता पनि आज ९ जनालाई मात्र सार्वजनिक गरेको हो ।
अपराधको सञ्जाल
सोमबार प्रहरीले श्रीमती महिमासहित कपिलवस्तु नगरपालिका–१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका–४ का ज्ञानेन्द्रकुमार पाण्डेय, राधेश्याम चौधरी, कपिलवस्तु–५ का श्रीराम कुर्मी, कपिलवस्तु–१ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्तालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेका उनीहरुको साथबाट साथबाट हतियार, गोली बरामद भएका छन् । प्रनाउ भण्डारीका अनुसार ओमप्रकाशको साथबाट पेस्तोल, म्यागजिन, २२ एमएमको ६८ राउन्ड गोली बरामद भएको छ ।
अर्का अभियुक्त रमजान साह मुसलमानले पाण्डेयको हत्याका लागि ओमप्रकाशसँग पटकपटक गरेर एक लाख रुपैयाँ बैना लिएका थिए। उनको साथबाट स्वचालित पेस्तोल म्याग्जिन र ८ राउण्ड गोली बरामद भएको छ ।

पाल्पालीले घटनामा प्रयोग भएको कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित अली पखियालाई संरक्षण गरेका थिए । यस्तै सद्दाम हुसेन खानले पखियालाई हतियार खरिद बिक्री गर्ने कार्यमा सहयोग गरेका थिए । ज्ञानेन्द्रकुमार पाण्डेयले गोलु भन्ने राधेश्याम चौधरीलाई भारतबाट हतियार खरिदबिक्री गर्ने कार्यमा सहयोग गरेका थिए ।
यादवले आफूले घटनामा प्रयोग गरिएको लु १६ प ३४९७ नम्बरको पल्सर मोटरसाइकल चलाएका थिए । मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक–एक गोली हानेका थिए ।
घटनापछि प्रहरी नायब उपरीक्षक भण्डारीको नेतृत्वमा अप्रेसन ‘माइक ह्वीस्की’ सुरू भएको थियो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया