युरोकप फुटबल : विश्व विजेता फ्रान्ससँग जर्मन भिड्दै
मेरोन्यूज
२०७८ असार १ गते १२:३७

काठमाडौँ । युरोकप फुटबलमा आज मंगलबार दुई खेल हुने भएको छ । गत शुक्रबारदेखि सुरु भएको खेलमा आज दुई खेल हुने भएको हो ।
युरोकपमा आज समूह ‘एफ’को दुई खेल हुने भएको हो । पहिलो खेलमा पोर्चुगल र हंगेरीबीच राति ९ः४५ बजेदेखि खेल सुरु हुने भएको हो । खेल पुस्कास एरिना स्टेडियममा हुनेछ ।
यस्तै, दोस्रो खेलमा विश्व विजेता फ्रान्सले जर्मनीको सामना गर्ने भएको छ । यो खेल जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा हुनेछ । खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।
फ्रान्स र जर्मनीबीच अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा दुवै टोलीले २ २ खेल जितेका छन् भने दुई खेल बराबरीमा रोकिएको थियो । एजेन्सी
सम्बन्धित












यी हुन कांग्रेसको संस्थापन समूह र विशेष महाधिवेशन समूहबीच वार्तामा नमिलेका विषय
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया