छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा पक्राउ

कैलाली । कैलालीमा आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको प्रनाउ विष्टले बताए ।
मृतकका बुबाविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया