उद्धार तथा राहतमा जुट्दा कोरोना संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

काठमाडौं । वाढीपहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमणको जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उद्दार तथा राहत कार्यमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डको ख्याल गर्न मन्त्रालयले आग्रह गरेको हो ।
“यस्तो विषम परिस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइते, संक्रमित, तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सवै प्रवन्ध मिलाउने कार्य समेत गरिरहेको छ,” मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।
वर्षायाम सुरु भएसँगै पानीजन्य रोगहरु, लामखुट्टेको टोकाइबाट हुने रोगहरु, सरसफाईसम्बन्धि जनस्वास्थ्यका समस्याहरु झनै बढ्नसक्ने तर्फ सवै सजग हुन जरुरी मन्त्रालयले जनाएको छ ।
“उद्दार, राहत आदि कार्यहरुमा जुट्दा सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाई तथा लामखुट्टेको टोकाइहरुवाट बच्ने उपायहरुमा ध्यान दिनुहुन सवैमा अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीहरुको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालयहरु, प्रदेशका सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन केन्द्रहरुले समन्वयको व्यवस्था गरिरहेको जनाएको छ । जनस्वास्थ्यका मापदण्ड पालना नगरे कोभिड–१९ संक्रमण बढ्न सक्ने भन्दै यसतर्फ सचेत रहन आग्रह गरेको स्वास्थ्य मन्त्रालयले सम्भव भएसम्म दुई मिटरको दूरी कायम गर्न अनुरोध गरेको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया