सोमबार, चैत २३, २०८२

पूर्वप्रधान सेनापति राणाको स्मृतिमा अक्षय कोष

मेरोन्यूज २०७८ असार ५ गते ९:१७

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति सच्चित समशेर राणाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली सेनाको व्यवस्थापनमा सञ्चालनमा रहने गरी उनकी धर्मपत्नी आशा राणाले शुक्रबार अक्षयकोषका लागि १५ लाख ५०१ रुपैयाँ उपलब्ध गराएकी हुन् ।

अक्षयकोषको व्याजबाट प्राप्त हुने रकम भक्तपुर सल्लाघारीस्थिति सैनिक महाविद्यालयमा विज्ञान सङ्कायतर्फ कक्षा ११ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने फ्लोर तथा सिपाहीका छोरीलाई छात्रवृत्तिका लागि प्रदान गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

प्रतिक्रिया