आइतबार, पुष ६, २०८२

२४ घण्टामा ३६६० जना कोरोना संक्रमण मुक्त

कोरोना संक्रमण हुनेभन्दा मुक्त हुनेको संख्या बढी

मेरोन्यूज २०७८ असार ५ गते १६:४४

काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ६० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय १ मा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । यस्तै, संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ भने कोरोनाले मृत्यु हुनेको संख्या आठ हजार ६७५ पुगेको छ ।

प्रतिक्रिया