प्रहरीमा एक एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय, आइजीपीका लागि प्रतिस्पर्धी थपियो

काठमाडौं । सरकारले प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ । सोमबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
नेपाल प्रहरीमा हाल प्रशासनतर्फ एआइजीको तीनवटा मात्र दरबन्दी छ । महानगरीय प्रहरी कार्यालय, कार्य तथा अपराध अनुसन्धान विभाग, प्रशासन विभाग र नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एआइजीको दरबन्दी छ ।
अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चारवटा हुनेछ । कार्य तथा अपराध अनुसन्धान विभागलाई छुट्याएर कार्य तथा अपराध अनुसन्धान विभाग गठन गर्ने निर्णय भएको हो ।
सरकारले गरेको यो निर्णयसँगै एआईजी बन्नका लागि १६ जना डीआइजी नै यसको प्रतिस्पर्धाका लागि लविङ सुरु गरेका छन् । तर पद थपिएसँगै डीआइजी सहकुलबहादुर थापा र धिरजप्रताप सिंह प्रवल दावेदार देखिन्छन् ।
सरकारले गरेको निर्णयसँगै भावी प्रहरी महानिरीक्षकको दावेदारमा समेत परिवर्तन हुनेछ । हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नौ महिनापछि अवकाश पाउनेछन् ।
त्यो अवस्थामा विश्वराज पोखरेल महानिरीक्षकका एक्ला दाबेदार रहेका भए पनि दरबन्दी थप भएपछि महानिरीक्षक पदमा अब दुईजनाको प्रतिस्पर्धा रहने छ ।
प्रतिक्रिया