झण्डै एक अर्ब ३३ लाख रुपैयाँ घुस लिने ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । कर फछर्यौट आयोग २०७१ का पदाधिकारीहरूले करिब एक अर्ब ३३ लाख रुपैयाँ घुस लिएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ घुस रकम लिएका हुन् ।
आयोगका अनुसार तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकाल (तत्कालीन महानिर्देशक, आन्तरिक राजश्व विभाग)ले २०७१–१०–२२ मा नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फर्छ्यौट आयोग ऐन, २०३३ ले दिएको अधिकारबाहिर गएर वदनियतपूर्वक करदातासँग उक्त रकम दिएका हुन् । उनीहरूले नेपाल सरकारलाई प्राप्त हुने ठूलो राजस्व भ्रष्टाचार गरेको आयोगमा उजुरी परेको थियो ।
उनीहरूले तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरेको पुष्टि भएको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र दफा ७ को देहाय (क)मा परिभाषित कसुर गरेको पुष्टि भएकाले उक्त रकम बराबरको माग दाबी गरिएको छ ।
उनीहरूविरुद्ध आज बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।














हर्क साम्पाङले दिए धरानको मेयरबाट राजीनामा
जनकपुर पुगे बालेन
पाकिस्तानको कराचीस्थित मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले दिए राजीनामा
सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
प्रतिक्रिया