शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिक

बेनी । बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो ।
असार ७ गते कुश्माबाट पक्राउ परेका बानियाले व्यक्तिगत रिसइबी साँध्न विद्यालयमा आएको अवस्थामा कार्कीलाई आक्रमण, कुटपिट गरी म्याग्दी नदीमा बगाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । “आरोपीले अचेत अवस्थामै म्याग्दी नदीमा बगाइदिएको प्रारम्भिक बयान दिएका छन”, उनले भने, “खोलामा बगाइएको कार्कीको शव भेटिएको छैन ।” आरोपी बानियाँकी श्रीमती विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षाकी कर्मचारी हुन् ।
विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बेपत्ता कार्यमा संलग्न बानियाँसमेत बस्दै आएका थिए । बेपत्ता कार्की र आरोपी बानियाबीच यसअघि विवाद थियो । करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोजगारी गरी केही महिनाअघि घर आएका बानियामाथि अनुसन्धान गर्न प्रहरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ ।
प्रहरीले घटनाको थप प्रमाण जुटाएर हत्या गरी बेपत्ता बनाएको कसुरमा मुद्दा चलाउने जनाएको छ । कार्कीमाथि आक्रमण भएको ठाउँमा रगत भेटिएको थियो । केही तल म्याग्दी नदी किनारमा कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट भेटिएको थियो ।रासस
















आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया