नेपाल रेडक्रसलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

काठमाडाैं । रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तरराष्ट्रिय महासङ्घले नेपाल रेडक्रस सोसाइटीलाई एकसय ‘अक्सिजन कन्सन्ट्रेटर र स्पेयर पार्टस’ सहयोग गरेको छ । महासङ्घको एसिया प्यासेफिक कार्यालय क्वालालाम्पुरका पहलमा ती स्वास्थ्य सामग्री प्राप्त भएको जनाइएको छ ।
महासङ्घका नेपाल प्रमुख अजमत उल्लाले सोसाइटीका अध्यक्ष डा नेत्र तिम्सिनालाई ती सामग्री हस्तन्तरण गरे । महासङ्घका नेपाल प्रमुख उल्लाले व्यक्तिगत सुरक्षा सामाग्री लगायत कोभिड–१९ प्रतिकार्यका लागि अन्य सहयोग निरन्तर रहने जानकारी दिँदै महामारीको रोकथाम तथा प्रतिकार्यका लागि नेरेसोका स्वयंसेवक तथा कर्मचारीले महत्वपूर्ण काम गरिरहेको जानकारी दिए ।
सोसाइटीका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाले कोरोना सङ्क्रमण दर बढी भएका ग्रामीण तथा पहाडी क्षेत्रमा हस्तान्तरित सामग्री प्रदान गरिने बताए । महामन्त्री पिताम्बर अर्यालले महामारीका समयमा अक्सिजन कै अभावमा कोभिडका बिरामीले ज्यान गुमाउनु पर्ने अवस्थाको कमी गर्न साझेदार निकायको सहयोग ज्यादै नै प्रशंसनीय रहेको छ भने ।
उनले विपद पूर्वतयारी र पुनर्लाभको क्षेत्रमा नेपाल रेडक्रसले प्रभावकारी सेवा पुर्याउँदै आएको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका समन्वयमा अक्सिजन प्लान्ट नभएका अस्पतालमा कन्सन्ट्रेटर र स्पेयर पार्टस वितरण गरिने जानकारी दिए ।
सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले देशको सबैभन्दा ठूलो मानवीय सञ्जाल भएको संस्था नेपाल रेडक्रसले कोभिड महामारीको शुरुआती अवस्थादेखि नै आफ्ना स्वयंसेवक तथा कर्मचारीका सहयोगमा रोकथाम तथा प्रतिकार्य सञ्चालनगर्दै आएको बताए ।
सो अक्सिजन कन्सन्ट्रेट दश लिटरका रहेका जनाइएको छ । यसले अक्सिन प्लाण्ट नभएका अस्पतालमा कोरोनाका बिरामीलाई उपचार गर्न सहयोग गर्ने बताइएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया