ओली-नेपाल दुवै समूहमा ‘अतिवादी’को वर्चश्व

काठमाडौँ । तीन महिनादेखि एमालेभित्रको विवाद मिल्न सकेको छैन । गत फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपालाई फुटाएर एमाले र माओवादी बनाएपछि एमालेभित्र देखिएको विवाद अझै मिल्न सकेको छैन । एमालेको विवाद मिलाउने क्रममा दर्जनौँपटक छलफल तथा बैठक भए पनि निकास दिन नसक्नुका पछाडि प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच दुवैले आफ्ना अडानलाई कायमै राख्नु रहेको छ ।
फागुन २३ गतेपछि एमालेका अध्यक्ष ओलीले फागुन २८ गते नेपाल समूहका नेताहरूलाई खबर नै नगरी विधान संशोधनदेखि महाधिवेशन आयोजक कमिटीसमेत बनाउने निर्णय गरेर अघि बढ्दा नेपाल समूहले प्रतिकार स्वरुप चैत ५ गते राष्ट्रिय भेला आयोजना गरी समानान्तर कमिटी बनाउने निर्णय गर्यो । जसको परिणाम अहिलेसम्म पार्टी आन्तरिक विवादमा नै रुमलिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले नेपाल समूहलाई पार्टीभित्र मिलाउन अन्तिम कसरतमा लागेका छन् । नेपालले विपक्षी गठबन्धनलाई कसिलो बनाउँदै लगेपछि ओलीले नेपाललाई पार्टी बाहिर पठाउने भन्दा पार्टीमै ल्याउने कोशिसमा लागेका हुन् । ओलीले एमालेभित्रका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरूसँग विभिन्न चरणमा आफै कुराकानी गरिरहेका छन् ।
अहिले ओली केही नरम तर नेपाल निकै गरम अवस्थामा छन्, ओलीलाई भन्दा नेपाललाई कुरा बुझाउन सहज हुने भएकाले ओलीले युटर्न गर्ने बित्तिकै पार्टीको विवाद मिल्छ
उनीहरूसँग कुराकानी मिलेपछि मात्रै माधव नेपालसँग अन्तिम कुराकानी गर्ने र त्योभन्दा अघि सबै सहमतिको खाका तयार गर्ने गरी अगाडि बढेका हुन् । ‘अहिले ओली केही नरम तर नेपाल निकै गरम अवस्थामा छन्, ओलीलाई भन्दा नेपाललाई कुरा बुझाउन सहज हुने भएकाले ओलीले युटर्न गर्ने बित्तिकै पार्टीको विवाद मिल्छ,’ शनिबार रातिसम्म छलफलमा सहभागी एक नेताले भने ।
असार २ गते नै स्थायी कमिटीको बैठक राख्न तयार भएका ओलीले आइतबार स्थायी समिति बैठक राखेर असार १६ मा महाधिवेशन आयोजक समितिको बैठक बोलाउने निर्णय लिएका छन् ।
यो बैठकबाट औपचारिक रुपमा नै निर्णय गरेर एमाले जेठ २, २०७५ मा फर्किएको औपचारिक घोषणा गर्ने र एकताका लागि सबैलाई आह्वान गर्ने तयारीमा ओली जुटेका छन् ।
उनले आइतबारको बैठकमै पनि भनेका थिए, ‘एकपटक अन्तिम प्रयत्न्न गर्ने हो, असार १६ गते महाधिवशेन आयोजक समिति बैठकबाटै पार्टी जेठ २ मा फर्किएको निर्णय लिएर सार्वजनिक आह्वान गर्ने हो, तर पनि माधव नेपाल पार्टीमै फर्किन्छन भन्ने विश्वास त छैन, अन्तिम प्रयास गरौँ ।’
खासगरी सर्वोच्च अदालतबाट जेठ २१ र जेठ २७ गते गरिएको मन्त्रिपरिषद् विस्तारलाई खारेज गरेपछि न्यायलयप्रति आक्रोश व्यक्त गरेका ओली पार्टी मिलाउन लागि परेका हुन् । माधवकुमार नेपाल पक्षले २०७५ जेठ २ लाई बटम लाइन पहिले बनाए पनि अहिले ओलीले आफ्नो गल्तीको आत्मालोचना पनि गर्नु पर्ने र सच्चिन तयार हुनु पर्ने बताउन थालेका छन् ।
हामी यता छलफल गरेर एउटा टुंगोमा पुग्न खोज्छौँ, उता दुवै नेताहरूलाई कसकसले के के कुरा सुनाउँछन्, दुवैले एकले अर्कालाई गाली गर्ने क्रम रोकिदैन
पार्टी मिलाउन दुवै पक्ष तयार भइरहँदा ओली- नेपाल दुवै समूहमा भने ‘अतिवादी’ नेताहरू सल्बलाउन थालेका छन् । नेपाल पक्षमा रहेका भीम रावल, राजेन्द्र राई, विरोध खतिवडा, युवराज ज्ञावाली, डा. विजय पौडेल, झपट रावल, बेदुराम भुषालहरू ओलीलाई आत्मसमर्पण गराएर मात्रै पार्टी एकता गर्नु पर्छ भन्नेमा छन् । उनीहरू मूलतः नयाँ दल बनाउनु पर्छ भनेर लागिरेका छन् ।
त्यस्तै, ओली समूहमा एउटा समूह नै माधव नेपाल र भीम रावललाई पार्टीमा ल्याउनु हुँदैन भनेर लागिरहेका छन् । उनीहरूले नेपाल र रावलबाहेकका नेताहरूलाई पार्टीमा ल्याउन खोजिरहेका छन् । खासगरी अहिलेको राजनीतिक परिस्थिति आउनुमा एमाले अध्यक्ष ओली नै कारक रहेको नेपाल पक्षको आरोप छ । ओलीले गल्ती स्वीकार गर्नु पर्ने नेपाल पक्षको भनाईमा ओली पक्षले मौनता साँधेको छ । तर, ओली पक्षका नेताहरूले पार्टी विवाद मिलाउन कुनै कसर बाँकी राख्नु हुँदैन भन्दै ओलीलाई दबाब दिइरहेका छन् ।
गत आइतबार साँझ नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्टले ओलीसँग लामो छलफल गरेका थिए । त्यस क्रममा ओलीले राखेको धारणालाई लिएर सोमबार जस्ताको तस्तै नेपालसँग पनि उनीहरूले छलफल गरे ।
दुवै नेताहरूको धारणा बुझेका उनीहरूले मंगलबार ओली पक्षका नेता विष्णु पौडेलसँग सामान्य कुराकानी गरे पनि बुधबार, बिहीबार र शुक्रबार निरन्तर छलफलमा रहेका छन् । ‘हामी यता छलफल गरेर एउटा टुंगोमा पुग्न खोज्छौँ, उता दुवै नेताहरूलाई कसकसले के के कुरा सुनाउँछन्, दुवैले एकले अर्कालाई गाली गर्ने क्रम रोकिदैन’, छलफलमा सहभागी एक नेताले भने ।
यतिबेला छायामा भने शंकर पोखरेल छन् । उनी पार्टी विवाद मिलाउन धेरै पटक काठमाडौँ आए । तर, उनको भूमिका मिलाउने भन्दा भत्काउन बढी देखिएको भन्दै समूहबाट आलोचना भएपछि मौन रहेका छन् ।
ओलीले पाटी विवाद निरुपणकै क्रममा शुक्रबार राति सुवास नेम्वाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञावालीसँग छलफल गरेका थिए । विष्णु रिमाल र खगराज अधिकारी शुक्रबार ओलीको साथमा थिएनन् । विष्णु पौडेलले साँझ नेपाल पक्षका नेताहरू घनश्याम भूषाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टलाई भेटेर राति बालुवाटार पुगेका थिए । हिजो नै खगराज अधिकारी र योगेश भट्टराईबीच पार्टी एकताको विषयमा छलफल भएको थियो ।
भट्टराईलाई भेट्न अधिकारी आफै भट्टराई निवास पुगेको र त्यहाँ ठाकुर गैरे पनि सहभागी भएका थिए । तर, उनीहरूबीच लामो समय छलफल भए पनि दुवै पक्ष सर्वोच्च अदालतको फैसला के आउँछ । त्यहीअनुसार अगाडि बढ्ने निर्क्याैलमा पुगेका छन् । विवाद मिलाउनु पर्छ भन्नेमा ओलीभित्र दबाब बढ्दै गएको छ । अहिले ओली समूहकै खगराज अधिकारी, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ र यमलाल कँडेल पनि लागि परेका छन् ।
ओलीकै गृह जिल्ला झापाका नेताहरू दीपक कार्की, हिक्मत कार्की दाजुभाइ समेत लागिरहेका छन् । यतिबेला छायामा भने शंकर पोखरेल छन् । उनी पार्टी विवाद मिलाउन धेरै पटक काठमाडौँ आए । तर, उनको भूमिका मिलाउने भन्दा भत्काउन बढी देखिएको भन्दै समूहबाट आलोचना भएपछि मौन रहेका छन् ।
ओली पक्षले असार २ गते माधवकुमार नेपालसहित सबैलाई समेट्ने गरी स्थायी कमिटीको बैठक राख्ने तयारी थियो । त्यही क्रममा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफू उपचारमा जानुअघि एमालेको विवाद समाधान गर्न प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।
माधव नेपाल कार्यकारी अध्यक्ष भएमा निर्वाचन आयोग तथा संवैधानिक तहमा गरिने सबै पत्रचारहरूमा हस्ताक्षर चल्ने गरी प्रस्ताव आउनु पर्ने माग गरिरहेका छन् ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका लागि जान लागेका बेला प्रधानमन्त्री ओलीले खनाललाई टेलिफोनबाट स्वास्थ्य लाभको कामना गरेका थिए । सोही क्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेपछि ओलीले असार २ मै बैठक राखेर जाने सोच बनाए पनि नेपाल पक्षले प्याकेजमै सहमति गरौँ भन्दै असार २ को बैठकमा जान अस्वीकार गरेको थियो ।
‘ओलीले स्थायी कमिटी बैठकबाट सबै कुराको निरुपण गर्न चाहेका थिए, तर नेपाल पक्षका साथीहरूले प्याकेजमा सहमति गरौँ, अहिले बैठक नगरौँ भनेपछि रोकिएको हो’, ओली पक्षका एक नेताले भने । त्यही बैठकबाट माधव नेपालसहित अन्य नेताहरूको कारबाही फुकुवा तथा कार्यदललाई अधिकार दिएर पार्टी एकताको सन्देश दिन चाहेका थिए ।
‘पार्टी अध्यक्षले २ गते स्थायी कमिटीको बैठक राखेर कारबाही फुकुवादेखि सबै विषयको प्याकेजमै निर्णय गरौँ भन्नु भएको थियो, तर माधव नेपालसहितका नेताहरू अनुपस्थित हुने भएपछि बैठक स्थगित भयो’, ती नेताले भने । नेपाल पक्षका केही नेताहरूले एक पद एक व्यक्तिको अवधारण अघि सारेका छन् । ओली पूरै समय सरकारमा बस्ने हो भने नेपाललाई कार्यकारी अधिकारसहितको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव आएमा विवाद निरुपणको दिशामा उन्मुख हुनेछ ।
माधव नेपाल कार्यकारी अध्यक्ष भएमा निर्वाचन आयोग तथा संवैधानिक तहमा गरिने सबै पत्रचारहरूमा हस्ताक्षर चल्ने गरी प्रस्ताव आउनु पर्ने माग गरिरहेका छन् । यस्तो अवस्था भए उनले दोस्रो अध्यक्ष स्वीकार गर्ने नेपाल निकट नेताहरूको दाबी छ ।
















स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
22 days to go for voting: Voter education to run at 6,743 wards
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया