उपत्यकाको निषेधाज्ञा खुकुलो हुँदै, भोलि निर्णय हुने

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न बसेको बैठक स्थगित भएको छ । आजको बैठकमा कुनै निर्णय हुन नसकेको हो । उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले त्यसबारे सोमबार निर्णय गर्ने भएका हुन् ।
आगामी निषेधाज्ञा कस्तो हुने भन्ने विषयमा उपत्यकाका ३ सिडिओहरू काठमाडौँका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौलाले छलफल गरेका हुन् ।
छलफलमा जारी मोडालिटी नै लागु गर्ने वा अर्को मोडल तयार गर्ने भन्ने विषयमा छलफल भएको काठमाडौँका सिडिओ पराजुलीले जानकारी दिए । अबको निषेधाज्ञामा सार्वजनिक यातायात खुलाउने सम्बन्धमा समेत छलफल भएको छ ।
उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु हुँदै आएको छ । जारी निषेधाज्ञामा गत ८ गतेदेखि नीजि यातायातमा जोर बिजोर प्रणाली लागु गरी बारअनुसार पसल खुलाउने व्यवस्था गरिएको थियो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया