निधि, कोइराला र सिंहको निचोड : केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनका बारेमा पटक–पटक छलफलमा जुटिरहेका पार्टीका संस्थापक नेताका छाराहरू डा शशांक कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।
आगामी शुक्रबार कोइराला निवास महाराजगञ्जमा तीनै नेताले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निधो निकालेका हुन् । सिंहको निवासमा आज मंगलबार बसेको तीन नेताको ३ घण्टाभन्दा लामो छलफलले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निधो गरेका हुन् ।
कोइराला, निधि र सिंह कांग्रेसको १४ औँ महाधिवशेनमा सभापतिका आकांक्षी हुन् । पार्टीको महाधिवशेन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ ।
महाधिवेशनका बारेमा तीन नेताले आआफ्नो घरमा बोलाएर छलफल गरिरहेका छन् । निधिको विवाह वर्षगाँठका अवसर पारेर उनको नयाँ बानेश्वरस्थित निवासबाट उनीहरूको छलफल शुरु भएको थियो ।
कांग्रेस नेतात्रयको लञ्च मिटिङ सुरु
दोस्रोपटक कोइराला निवास र आज सिंह निवास चाक्सिबारीमा तीन नेताको छलफल भएको हो ।
‘आउँदो शुक्रबार महामन्त्री कोइरालाको निवासमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्छौं,’ सिंहले भने । उनका अनुसार असार १८ गते कोइराला निवासमा केन्द्रीय सदस्यहरूसँग महाधिवेशन केन्द्रीत छलफल गर्न लागिएको हो ।
निधि, कोइराला र सिंहको निचोड : केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने
आज उनीहरूले पार्टीको १४ औँ महाधिवेशन तोकिएकै समयमा गर्नेलगायत विषयमा छलफल भएको थियो । ‘क्रियाशील सदस्यताबारे केही विवाद छन्, प्रक्रिया पुगेकालाई क्रियाशीलबाट बञ्चित गर्न हुन्न,’ सिंहले भने ।














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया