भन्सार छलिको गाडीसहित ‘नक्कली’ कागजपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं । भन्सार छलिको दुईवटा गाडी र नक्कली सवारी दर्ता किताब लगायतका किर्ते कागजात बनाएको अभियोगमा ४ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लमजुङ शुन्दरबजार नगरपालिका-३ बस्ने कमल बाबु पुरी भन्ने ३३ वर्षीय कमल बाबु भट्ट, भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४१ वर्षीय मधु सिलवाल, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने २४ वर्षीय अरूण खडका र काठमाडौं शान्तिनगर बस्ने मोरङ कानेपोखरी गाउँपालिका-७ वतन भएका ४१ वर्षीय रेवती रमण निरौला रहेका छन् ।
भन्सार छलि काठमाडौं भित्र्याईएका चार पाङ्ग्रे सवारी साधनहरूको बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ गोपीकृष्ण हल नजिकबाट ग.३ च १४६२ नम्बर प्लेट भएको हुण्डाई कम्पनीको क्रेटा कार सहित कमल बाबुलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानको क्रममा अर्को क्रेटा गाडी समेत अरुण र मधुको समूहले बिक्री गर्न राखेको खुल्न आएपछि प्रदेश ३-०१० २४ च ०२५३ नम्बर प्लेटको क्रेटा कारसहित सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट उनीहरूलाई फेला पारी पक्राउ गरेको हो ।
बरामद भएका दुईवटै सवारी साधनको दर्ता किताब कमल बाबुको नाममा रहेको पाइएपछि सोधपुछ गर्नेक्रममा रेवतीले ब्लूबुक बनाईदिने गरेको भन्ने खुल्न आएपछि उनलाई पशुपती मन्दिर परिसर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले रेवतीको काठमाडौं शान्तिनगरस्थित कोठाबाट बिभिन्न सरकारी कार्यालयका छाप, विश्वविद्यालयका छाप, यातायात व्यवस्था कार्यालयका १ सय ९१ वटा छाप सहित विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, सवारी चालक अनुमतिपत्र लगायतका कागजातहरू बरामद गरेको छ ।
उक्त गाडीहरूको प्रचलित बजार मूल्य प्रति कार ७० लाखका दरले १ करोड ४० लाख पर्नेमा उनीहरूले ४५ लाखका दरले जम्मा ९० लाखमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया