इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने रेग्मी पक्राउ

काठमाडौं । ललितपुरको टिकाथलीबाट वर्किङ भिषामा इटाली पठाई दिन्छु भन्दै ३१ लाख ५० हजार रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाई ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
मंगलबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले उदयपुरको त्रियुगा नगरपालिका ७ घर भई हाल काठमाडौंको बुढानिलकण्ड बस्ने ३६ वर्षीय उमेश रेग्मीलाई पक्राउ गरेको हो । पक्राउ परेका रेग्मीले जिल्ला रामेछाप उमाकुण्डगाउँपालिका ३ बस्ने २३ वर्षीय सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी प्रलोभनमा पारी जनही रु १० लाख ५० हजारका दरले उठाएका थिए ।
प्रहरीका अनुसार रेग्मीले तिनै जनाबाट ३१ लाख ५० हजार रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाई फरार रहेका थिए । रेग्मीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा युरोपियन मुलुकमा पठाइदिन्छु भनी प्रलोभनमा पारी करिब एक करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत भन्ने बुझिन आएकोले निजलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया