बलिउड अभिनेता आमिर खानले गरे सम्बन्ध विच्छेद
मेरोन्यूज
२०७८ असार १९ गते १३:२७

काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले सम्बन्ध विच्छेद गरेका छन् । उनले दोस्रोपटक गरेको विवाह सम्बन्ध करिब १५ वर्षपछि टुट्न पुगेको हो ।
उनकी दोस्रो पत्नी किरण रावसँग आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरू २८ डिसेम्बर २००५ मा विवाह गरेका थिए । सम्बन्ध विच्छेदपछि उनीहरू संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ ।’

सम्बन्धित













इरानमा सरकारविरोधी प्रदर्शन चर्किँदै, ज्यान गुमाउनेकाे संख्या ५ सय नाघ्याे
बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
गगन थापाले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ?
खासा क्षेत्रमा भीषण आगो लागेपछि तातोपानी नाका बन्द
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
प्रतिक्रिया