बलिउड अभिनेता आमिर खानले गरे सम्बन्ध विच्छेद
मेरोन्यूज
२०७८ असार १९ गते १३:२७

काठमाडौँ । बलिउडका चर्चित अभिनेता आमिर खानले सम्बन्ध विच्छेद गरेका छन् । उनले दोस्रोपटक गरेको विवाह सम्बन्ध करिब १५ वर्षपछि टुट्न पुगेको हो ।
उनकी दोस्रो पत्नी किरण रावसँग आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेका हुन् । उनीहरू २८ डिसेम्बर २००५ मा विवाह गरेका थिए । सम्बन्ध विच्छेदपछि उनीहरू संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो । अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ ।’

सम्बन्धित
















यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज मंगलबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया