श्रीमतीको हत्या गरेको अभियोमा श्रीमान पक्राउ

काठमाडौं । मोरङ जिल्लाको बेलबारी नगरपालिकामा काठको मुङग्रोले हानेर आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले शनिवार विहान बेलबारी नगरपालिका ७ बस्ने ५६ वर्षीय अम्बिका घिमिरेलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आरोपी घिमिरेले मादक पदार्थ सेवन गरी घरमा आई श्रीमतीसँग सामान्य वादविवाद सुतेको मौका छोपेर श्रीमती ४८ वर्षीय सिता घिमिरेलाई काठको मुङ्ग्रोले हानेर हत्या गेरेका हुन् । निधाई रहेकी श्रीमतीको वायाँ कन्चटमा चार÷पाँच पटक मुङग्रो प्रहार गरी सिरानीले मुङ्ग्रो छोपेर उनि फरार भएका थिए ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले शनिवार घर देखी २ किलोमिटर दक्षिणमा रहेको खाली ग्वालीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका घिमिरेलाई ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया