प्रतिबन्धित वन लसुनसहित दुई पक्राउ

मनाङ । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिब ३० किलो प्रतिबन्धित वन लसुनसहित पक्राउ गरेको जानकारी दिए । सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ ।
उनीहरुले नार्पाभूमिको नार गाउँका कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उनले बताए । बरामद गरिएको वन लसुन नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ ।
उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ । लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया