बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
मेरोन्यूज
२०७८ असार २० गते १२:२१

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउद रहेका छन् ।
जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । ४ जना गम्भिर घाइते छन भने ६ जनाको अवस्था समान्य रहेको जनाइएको छ ।
गम्भिर घाइते हुनेमा सिगास–३ का ४५ वर्षीय जयसिह धामी, सोही ठाँउका १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी र ४० वर्षीय गौमती साउद छन् । सिगास–३ का २९ वर्षीय करनसिह धामी, सोही ठाँउका ४५ वर्षीय दलबिर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बाशुमती धामी, १९ वर्षीय खगेन्द्रं साउद र ४४ वर्षीय हरीभाम साउद समान्य घाइते छन् ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया