सूचना उपलब्ध नगराउने प्रधानाध्यापकलाई ५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बुद्धनगर आधारभूत विद्यालयका प्रधानाध्यापकलाई ५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । बानेश्वरस्थित उक्त विद्यालयका प्रधानाध्यापकलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश दिए पनि पालना नगरेको भन्दै जरिवाना गराएको हो ।
संविधान प्रद्धत्त नागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरकोले उनलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । प्रधानाध्यापक जीवन खनाललाई सूचना नदिनुको कारण खुलाउनु भनी राष्ट्रिय सूचना आयोगबाट आदेश भएको थियो ।
आयोगबाट भएका आदेश बुझाउन जाँदा प्रधानाध्यापकले पत्र बुझ्न आनाकानी गरी विभिन्न बहाना र भाका राखी पत्र बुझ्न नमानेको तथा पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको गैरजिम्मेवार चरित्र प्रदर्शन गरेको आरोप लागेको छ । उनले सूचना बिनाकारण दिन ढिलाई गरेको देखिँदा जति दिन ढिलाइ गरेको हो प्रतिदिन दुई सय रुपैयाँका दरले जरिवाना हुने ठहर गरेको हो ।









झापा भिरबाट लडेर एक जनाको मृत्यु
देउवा-ओलीबीच भेट
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै
सेयर बजारमा १३ अंकको गिरावट, तीन अर्ब ५१ करोडकाे काराेबार
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया