सूचना उपलब्ध नगराउने प्रधानाध्यापकलाई ५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले बुद्धनगर आधारभूत विद्यालयका प्रधानाध्यापकलाई ५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । बानेश्वरस्थित उक्त विद्यालयका प्रधानाध्यापकलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश दिए पनि पालना नगरेको भन्दै जरिवाना गराएको हो ।
संविधान प्रद्धत्त नागरिक अधिकार र कानूनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरकोले उनलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको छ । प्रधानाध्यापक जीवन खनाललाई सूचना नदिनुको कारण खुलाउनु भनी राष्ट्रिय सूचना आयोगबाट आदेश भएको थियो ।
आयोगबाट भएका आदेश बुझाउन जाँदा प्रधानाध्यापकले पत्र बुझ्न आनाकानी गरी विभिन्न बहाना र भाका राखी पत्र बुझ्न नमानेको तथा पुनरावेदकले मागेको सूचनासमेत उपलब्ध नगराएको गैरजिम्मेवार चरित्र प्रदर्शन गरेको आरोप लागेको छ । उनले सूचना बिनाकारण दिन ढिलाई गरेको देखिँदा जति दिन ढिलाइ गरेको हो प्रतिदिन दुई सय रुपैयाँका दरले जरिवाना हुने ठहर गरेको हो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया