शुक्लाफाँटा निकुञ्जमा चोरी गर्ने २७ जना कारवाही

महेन्द्रनगर । कोरोना भाइरसको दोस्रो लहरले मुलुक आक्रान्त बनेका बेला बितेको दुई महीनामा कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चोरी शिकारी गर्ने क्रम रोकिएको छैन । कोरोना कहरकाबीच निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गणको सक्रियातामा यहाँ गत वैशाख र जेठ महीनामा मात्रै निकुञ्जमा घाँस, दाउरा र वन्यजन्तु चोरी शिकारीमा संलग्न एक हजार २७ जनालाई कारवाहीको दायरामा ल्याएको छ ।
निकुञ्जको चौतर्फीरुपमा सेनाको गुल्म तथा पोष्ट तैनाथ रहेको यहाँ वैशाखमा ३९६ जना र जेठ महीनामा ६३१ जना पक्राउ गरिएको गणले जनाएको छ । सेनाका अनुसार सोमध्ये छ जनालाई वनपैदावार र वन्यजन्तु चोरी, शिकारी मुद्दामा कारवाही अघि बढाइएको छ । सेनाले निकुञ्ज प्रशासनले बन्देज लगाएका क्रियाकलाप नियन्त्रणका लागि निकुञ्जभित्र र मध्यवर्ती क्षेत्रमा नियमित गस्ती परिचालन गर्दै आएको छ ।
“धेरैजसो घाँस, दाउरा लुकिछिपी चोरी गर्ने पक्राउ परे”, सैनिक स्रोतले भन्यो, “घाँस, दाउरा चोरीमा संलग्नलाई निकुञ्ज प्रशासनले जरिवाना गरेर छाड्यो ।” सेनाले निकुञ्जमा चोरी, शिकारी नियन्त्रण र वन्यजन्तुको सुरक्षार्थ यहाँ हरेक वर्ष ‘अप्रेशन महा–हण्ट’ सञ्चालन गर्दै आएको छ । यसपटक शुक्लाफाँटामा महाण्टको सातौँ संस्करण गत पुसदेखि जेठ मसान्तसम्म सञ्चालन गरिएको सेनाले जनाएको छ ।
गत वर्ष कोरोना कहरमा पनि सेनाले एक हजारभन्दा बढीलाई कारवाहीको दायरामा ल्याएको थियो । शुक्लाँफाटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले लकडाउन अवधिमा सेना र निकुञ्ज प्रशासनको संयुक्त गस्ती टोली खटिएको बताए ।
“ठाडो कारवाहीमा ५०० देखि एक हजारसम्म जरिवाना हुन्छ”, उनले भने, “ वन्यजन्तु तस्करी र चोरी, शिकारीलगायतका ठूला घटनाका अभियुक्त अहिले पनि कारवाहीको दायरामै छन् ।” विश्वमै दुलर्भ बाह्रसिङ्गाको झुण्ड रहेको शुक्लाफाँटामा १६ वटा पाटे बाघ, १७ वटा गैँडा, मृग, ४०० भन्दाबढी प्रजातिका चराचुरुङ्गीको बासस्थान हो ।
३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जभित्र नेपालका संरक्षित क्षेत्रमध्ये सबैभन्दा ठूलो (५५ वर्गकिलोमिटर) फैलिएको घाँसे मैदान पनि रहेको छ । लकडाउन अवधिमा निकुञ्ज भ्रमणमा समेत रोक लगाइएको थियो । रासस
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
प्रतिक्रिया