काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज आजबाट, खोप केन्द्र कहाँ कहाँ छन् सूचनासहित

काठमाडौं । कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज खोप अभियान काठमाडौंमा आज सुरु हुँदै छ ।
खोप अभियान काठमाडौंका ११ वटै स्थानीय तहमा सञ्चालन हुने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।
स्वास्थ्य कार्यलय काठमाडौंले खोप केन्द्रहरुको सूची प्रकाशित गर्दै २५ जेठपछि भेरोसेलको पहिलो मात्रा लगाएका काठमाडौंवासीलाई तोकिएका केन्द्रमा गएर दोस्रो मात्रा लगाउन आग्रह गरेको छ । ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई दोस्रो डोज खोप दिन लागिएको हो ।
काठमाडौं महानगरका लागि ३२ वटा वडा मै खोप केन्द्र तोकिएको छ । जिल्लाभर दोस्रो खोप २४ असारसम्म चल्ने जानकारी दिदै तोकिएका केन्द्रमा विहान १० देखि अपरान्ह ४ बजेसम्म पुगेर खोप लगाउन सकिने खड्काले बताएका छन् ।
भेरोसेल खोपको दोस्रो डोज लगाउने सम्वन्धी स्वास्थ्य कार्यालय काठमाडौंको सूचना

















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया