महुली खोलाले बगाउँदा युवतीको मृत्यु
मेरोन्यूज
२०७८ असार २२ गते ९:२१

राजविराज । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ ।
आफ्नी बहिनी आशाकुमारीसँग बाँसको तामा काट्न जङ्गल पुगेका बेला तामा लिएर सोमबार साँझ घर फर्किने क्रममा महुली खोलामा आएको बाढीले महाकुमारीलाई बगाएको थियो ।
इलाका प्रहरी कार्यालय महुली र कञ्चनपुरको प्रहरी टोली तथा स्थानीय बासिन्दाले खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट करिब २०० मिटर पर मृतावस्थामा भेटिएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
सम्बन्धित
















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
कांग्रेसको चुनावी समीक्षाका लागि सभापति थापा आज मधेस जाँदै
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया