एमाले कार्यदलको सहमतिपत्रमा माधव नेपालको टिप्पणी
‘लेखिएको कुरामा आपत्ति छैन, तर ब्याख्या कसरी हुन्छ हेरौं’
अदालतलाई प्रभावित पार्ने गरि हुने कुनै पनि निर्णय मान्य नहुने

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठन गरिएको कार्यदलले पार्टी एकताका लागि १० वुँदे मा सहमति जुटाएपछि माधव नेपालले त्यसमा उल्लेखित भाषामा आफुलाई खास आपत्ति जनाउनु पर्ने विषय नभएको पारम्भिक प्रतिक्रिया दिएका छन् ।
तर त्यो सहमतिपत्रमा उल्लेखित विषयमा त्यसको ब्याख्या ओलीले कसरी गर्छन्, त्यसकै आधारमा आफुले थप कदम चाल्ने उनले बताएका छन् ।
‘मैले भर्खरै भीम रावलजीबाट यसबारे सबै जानकारी पाएँ, लेखिएका कुरामा मेरो खास आपत्ति छैन तर, अदालतको फैसलालाई प्रभावित पार्ने र हामीले अदालतमा बुझाएको हस्ताक्षरलाई प्रभावित पार्नेगरी त्यसको ब्याख्या गर्न खोजियो भने त्यो स्वीकार्य हुँदैन,’ नेपालले भने ।
कार्यदलका आफु तर्फका सदस्यले ओलीले यो सहमतिका विषयमा अन्यथा ब्याख्या नगर्ने वचन दिएपछि आफुहरुले हस्ताक्षर गरेको बताएको भन्दै वरिष्ठ नेता नेपालले त्यसको ब्याख्या हेर्नुपर्ने वताएका छन् ।
‘ओलीपक्षबाट यसको ब्याख्या अन्यथा नहुने गरी बचन नै आएको छ भनेर भीम रावलजीले भन्नुभएको छ, यसबाट अदालतको फैसला र हस्ताक्षरलाई प्रभावित पार्ने काम हुँदैन भन्नु भएको छ। यो अदालत र हस्ताक्षरलाई प्रभावित पार्ने कुरा होइन, फैसला आएपछि पार्टी कमिटी बसेर त्यसबारे आवश्यक निर्णय गर्ने कुरा हो भनेर भन्नुभएको छ। त्यो कुरा व्यवहारमा देखिनुपर्छ। ब्याख्या गर्दा यसभन्दा फरक गरियो भने त्यो स्वीकार्य हुँदैन। त्यसलाई मानिँदैन।’ नेपालले भने ।
नेता नेपालले सहमति पत्रको छैटौं वुँदामा रहेको विषयको ब्याख्या ओली पक्षले कसरी गर्न खोजेका छन्, त्यसको ब्याख्या हेरेर मात्र थप वोल्न सकिने बताएका छन् । उनको त्यो वुँदाप्रति भने त्यक्ति सकारात्मक संकेत देखिदैन । सर्वाेच्च अदालतले भोलि नै यस विषयमा कुनै निर्णय दिन सक्ने सम्भावना रहेका बेला त्यसलाई सहमति पत्रमा राख्न चाहनु भित्र अझै पनि नेपालले त्यसमा आशंकाले हेरिरहेका छन् ।
उनले अदालतलाई प्रभावित पार्नेगरि हुने कुनै पनि निर्णय मान्य नहुने भने प्रष्ट बताएका छन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया