प्रतिनिधिसभा दोस्रोपटक पुनः स्थापना
मेरोन्यूज
२०७८ असार २८ गते १३:१४

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको छ । यससँगै विघटित प्रतिनिधिसभा दोस्रोपटक पुनः स्थापना भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला गर्नुअघि प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका थिए ।
छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईले छलफल गरेका थिए ।
यसअघि पहिलोपटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
लामो बहस भएपछि गत फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएको थियो ।
यो पनि पढ्नुहोस्
सर्वोच्चको फैसलासँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्री
सम्बन्धित
















कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण
कृषि मन्त्री गीतालाई बुवा जयरामको सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
यस्ताे छ अर्थमन्त्री स्वर्णिम वाग्लेको पहिलो निर्णय
डा वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
प्रतिक्रिया