प्रतिनिधिसभा दोस्रोपटक पुनः स्थापना
मेरोन्यूज
२०७८ असार २८ गते १३:१४

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको छ । यससँगै विघटित प्रतिनिधिसभा दोस्रोपटक पुनः स्थापना भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला गर्नुअघि प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका न्यायाधीशहरू छलफलमा जुटेका थिए ।
छलफलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराईले छलफल गरेका थिए ।
यसअघि पहिलोपटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
लामो बहस भएपछि गत फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना भएको थियो ।
यो पनि पढ्नुहोस्
सर्वोच्चको फैसलासँगै कांग्रेस सभापति देउवा प्रधानमन्त्री
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया