सर्वोच्चको फैसलामाथि समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले बताए । उनले बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको समीक्षा गरिने बताए ।
सर्वोच्च अदालतले गरेको फैसलाको समीक्षा गर्न एमालेले अहिले आन्तरिक छलफल गरिरहेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमाललेका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले गरेको फैसलाको एमालेले आपत्ति जनाएको छ । फैसलाको विरोधमा युवा संघले माइतीघरमा विरोध प्रदर्शनसमेत गरेको छ ।
एमालेले सोमबार नै स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, पार्टी एकता कायम राख्न गठित कार्यदलले सहमति गर्ने र उक्त सहमति स्थायी कमिटीको बैठकबाट अनुमोदन गर्ने भन्दै बैठक आजको लागि बोलाएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गरेसँगै पार्टीमा पुनः दुई धार देखिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले सर्वोच्चको फैसलाको विरोध गरिरहेको छ भने वरिष्ठ नेता माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरिरहेको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया