सर्वोच्चको फैसलामाथि समीक्षा गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय पार्टी कार्यालयका सचिव शेर बहादुर तामाङले बताए । उनले बैठकमा सर्वोच्च अदालतले गरेको फैसलाको समीक्षा गरिने बताए ।
सर्वोच्च अदालतले गरेको फैसलाको समीक्षा गर्न एमालेले अहिले आन्तरिक छलफल गरिरहेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार एमाललेका शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतले गरेको फैसलाको एमालेले आपत्ति जनाएको छ । फैसलाको विरोधमा युवा संघले माइतीघरमा विरोध प्रदर्शनसमेत गरेको छ ।
एमालेले सोमबार नै स्थायी कमिटीको बैठक बोलाएको थियो । तर, पार्टी एकता कायम राख्न गठित कार्यदलले सहमति गर्ने र उक्त सहमति स्थायी कमिटीको बैठकबाट अनुमोदन गर्ने भन्दै बैठक आजको लागि बोलाएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गरेसँगै पार्टीमा पुनः दुई धार देखिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले सर्वोच्चको फैसलाको विरोध गरिरहेको छ भने वरिष्ठ नेता माधव नेपाल पक्षले सर्वोच्च अदालतको फैसलाको स्वागत गरिरहेको छ ।
















दुई हजार एक सय जना एमालेमा प्रवेश
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया