सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त जिल्ला घोषित
साउन ६ गते बकर इदको उपलक्ष्यमा सार्वजनिक बिदा

काठमाडौं । सरकारले बाढी तथा पहिरोबाट प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला घोषित गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम सिन्धुपाल्चोक र मनाङ जिल्लालाई आगामी असोज मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत असार महिनामा आएको बाढी तथा पहिरोबाट सिन्धुपाल्चोक र मनाङ नराम्ररी प्रभावित भएको थियो ।
बैठकले नेपाललाई कोरोनाविरुद्धको खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकीलगायत सबै मित्र राष्ट्रलाई हार्दिक धन्यवाद दिने निर्णय गरेको छ । बैठकले अनुदानमा थप खोप उपलब्ध गराउन खोप उत्पादक एवं मित्र राष्ट्रलाई आह्वानसमेत गरेको छ ।
यस्तै बैठकले इस्लाम धर्मावम्बीको ठूलो पर्व बकर इदको अवसरमा यही साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया