आइतबारदेखि विद्युत् सेवा अवरुद्ध

डोटी । लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढीमा आइतबारदेखि विद्युत् सेवा बन्द भएको छ । घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुँदा यहाँका नागरिक मारमा परेका छन् । आइतबार राति साढे १२ बजेदेखि जिल्ला सदरमुकामको विद्युत् सेवा अवरुद्ध भएको हो ।
दिपायल सिलगढी नगरपालिका–५ बागठाटादेखि जिल्ला सदरमुकाम सिलगढीको शैलेश्वरी मन्दिरको बीचमा पर्ने लाइनमा खराबी आएपछि यहाँको विद्युत् लाइन अवरुद्ध भएको डोटी साना जल विद्युत् वितरण कार्यालय दिपायलले जनाएको छ ।
अवरुद्ध भएको विद्युत् सेवा पुनः सञ्चालनका लागि कर्मचारी खटिए पनि लगातारको वर्षाका कारण समस्या पत्ता लगाउन नसकिएको विद्युत् कार्यालयका प्रमुख कपिल जोशीले बताए । अवरुद्ध विद्युत् सेवा मर्मतका लागि प्राविधिक टोली अहिले पनि काममै खटिएको उनले जानकारी दिए ।
विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी कार्यालयको कामकाज आज दिनभरि प्रभावित हुनाका साथै उद्योग, कलकारखाना, घरायसी कामकाजलगायत एफएम रेडियो र पत्रपत्रिकासमेत प्रसारण तथा प्रसारण हुन सकेका छैनन् । गर्मीको समयमा पनि अवरुद्ध विद्युत् सेवा समयमै पुनः सञ्चालन गर्नका लागि विद्युत् कर्मचारीले लापरबाही गरेको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन् ।
















भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले पाए बजार
राष्ट्रिय वाणिज्य बैंकले आरबीबी डिजिटल संसार एपमार्फत सुरु गर्यो ‘फोनलोन’ सेवा
आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल
50 missing as boat capsizes in Mediterranean
Sankhuwasabha jeep accident: Identities of two deceased ascertained
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया