एमाले केन्द्रीय कमिटीको दशाैं बैठक आजपनि, होला त फ्लोर क्रस गर्ने २२ सांसदलाई कारवाही ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दशौं बैठक आज पनि बस्दै छ ।
बैठक दिउँसो ३ बजे ललितिपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा बस्ने एमाले केन्द्रयि कार्यालयका सचिव शेरबहादुरद तामाङले जानकारी दिए ।
सोमबार शुरु भएको केन्द्रीय कमिटी दशौं बैठकमा पार्टीको ह्वीप उलङ्घन गर्नै २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । सोमबार सोधिएको स्पष्टीकरणबारे आज निर्णय हुने तामाङले बताए ।
एमालको २२ सांसदले पार्टीको ह्वीप उलङ्घन गर्दै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।
प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्धाको फैसलामा सर्वोच्च अदालतले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बनेको सरकारलाई विश्वासको मत दिंदा सांसदलाई पार्टीको ह्वीप नलाग्ने स्पष्ट पारेको छ । सर्वोच्चको फैसला विपरित एमालेले २२ सांसदलाई स्पष्टिकरण सोधेको हो ।
यसबाहेक विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा हुने सम्भावना रहेको उनले बताए ।
















यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया