शुक्रबार, पुष ४, २०८२

नवजात शिशुमा रुघाखोकी र ज्वरो देखिए तुरुन्त कोरोना परीक्षण गराऔँ

मेरोन्यूज २०७८ साउन ५ गते १३:५५

काठमाडौं । नवजात शिशुमा ज्वरो, रुघाखोकीजस्ता समस्या देखिए तुरुन्त कोभिड–१९ को परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवजात शिशुहरूमा कोभिड–१९ को संक्रमण विरलै देखिने भए पनि पुष्टि गर्नका लागि परीक्षण गराउनु नै उचित हुनेछ । “हुन त नवजात शिशुहरूमा कोभिड–१९ को संक्रमण विरलै देखिन्छ, तर प्रसवको समयमा वा त्यसपछि संक्रमितको सम्पर्कमा आए शिशुमा पनि संक्रमण सर्न सक्छ । त्यसैले नवजात शिशुमा त्यस्ता कुनै पनि लक्षण देखिएमा संक्रमण पुष्टि गर्नका लागि परीक्षण गराउनु नै उचित हुन्छ,” मन्त्रालयले जारी सुचनामा भनिएको छ ।

प्रतिक्रिया