सोमबार, माघ १२, २०८२

मन्त्री छान्न माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

मेरोन्यूज २०७८ साउन ६ गते ७:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीको टुङ्गो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ ।

काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यलयमा दिउँसो १ बजे बस्ने बैठकले सरकारमा सहभागि हुने मन्त्रीको टुङ्गो लगाउने माओवादी केन्द्रले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्रबाट दुई जना मन्त्री छन् । जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पम्फा भुषालले उर्जा मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

गत असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएसँगै देउवाले कांग्रे स र माओवादी केन्द्रबाट २र२ जना मन्त्री नियुक्त गरेका छन् । दलीय भागवण्डा नमिल्दा देउवाले मन्त्रीमण्डल विस्तार गर्न सकबेका छैनन् ।

यस्तै बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने माओवादी केन्द्रको भनाई छ ।

प्रतिक्रिया