शनिबार, चैत १४, २०८२

विप्लबले भेटे देउवालाई, तीनबुँदे सहमति कार्यान्वयनमा जाेड

मेरोन्यूज २०७८ साउन ६ गते १८:४२

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लब) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् । आज अपराह्न बालुवाटार पुगेर उनले देउवालाई भेटेका हुन् । भेटमा गृहमन्त्री बालकृष्ण खाँड पनि सहभागी थिए ।

Advertisement
nepal life insurencenepal life insurence

देउवासँगकाे भेटमा उनले ३ बुँदे सहमति कार्यान्वयन र आफ्ना कार्यकर्ता रिहाइका बारेमा छलफल गरेका थिए । साे क्रममा प्रधानमन्त्री देउवाले सरकारसँग भएकाे सहमति कार्यान्वयनमा आफू सकारात्मक रहेकाे बताएकाे नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए ।

यसअघि विप्लबले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल (प्रचण्ड), नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव माेहन वैद्य, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराईसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया