जसपा विभाजनको अन्तिम मोडमा, आधिकारिकतामा विवाद

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले प्रमुख आयुक्त दिनेशचन्द्र थपलियाको अध्यक्षतामा इजालस गठन गरी गत साउन ३ गतेदेखि सुनुवाई थालेको छ ।
आपसी समझदारीमा विभाजित हुने भन्दै आधिकारिकताको टुंग्गो लगाउन दुवै पक्षले निर्वाचन आयोगलाई आग्रह गरेपछि आयोगले इजालस गठन गरेर सुनुवाई थालेको थियो ।
गत ३ गते दुवै पक्षका कानुन व्यवसायीले बहस गरेपछि आधिकारिक दस्तावेजसहित आउन इजालसले निर्देशन गरेको थियो । त्यसपछि ६ गतेदेखि दैनिक दुई घण्टा आयोगले इजालसमा सुनुवाई निरन्तर गर्ने निर्णय साउन ३ मा सुनाएको थियो । त्यही आधारमा आज बिहीबारदेखि पुनः आयोगमा इजालस हुँदैछ ।
दुई घण्टा मात्र सुनवाई हुने
राजनीतिक दलसम्बन्धी ऐनमा विवाद रहेका बेला त्यसबेला विद्यमान केन्द्रीय कार्यकारिणी समितिमा बहुमत जसको छ । उसैलाई आधिकारिता दिनु पर्ने व्यवस्था छ । यस आधारमा हेर्दा उपेन्द्र पक्षसँग बहुमत देखिन्छ ।
तर, अध्यक्ष महन्थ ठाकुर पक्षले हेरफेर गरेको कार्य कारिणी समितिका आधारमा निर्णय लिनु पर्ने तर्क पेश गरेको छ ।
अर्का अध्यक्ष यादव समूह अहिले संसदीय दल र केन्द्रीय कार्यकारिणी समिति दुवैमा बहुमतमा छ ।आयोगले विवादमा सकभर आजै नभए भोलिसम्म निर्णय दिने गरी तयारी गरिरहेको आयोग स्रोतले बताएको छ ।
निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने/नदिनेमा जसपमामा विवाद निम्तेको थियो । त्यसपछि महन्थ पक्ष ओलीतिर र यादव पक्ष नेपाली कांग्रेस नेकपा माओवादी केन्द्र गठबन्धनतिर लागेका थिए ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने अवस्थामा महन्थ पक्षले मत दिएका थिए । यस आधारमा जसपा एक हुन्छ, की भन्ने झिनो आश रहे पनि यादव पक्षले कमजोरी स्वीकार नगर्दासम्म सोच्न नसक्ने भन्दै अडान दोहोराएपछि अन्तत विभाजित मोडमा पुगेको हो ।
अब आयोगले दिने निर्णयका आधरमा जसपा वैधानिक रुपमा विभाजित हुने छ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया