मंगलबार, माघ १३, २०८२

विप्लव समुहले गर्यो एमसिसी सम्झौता खारेजीको माग राखेर प्रदर्शन

मेरोन्यूज २०७८ साउन ७ गते १७:०२

काठमाडौं । अखिल (क्रान्तिकारी) विप्लव समुहले एमसिसी सम्झौता को खारेजीको माग राजधानीमा प्रदर्शन गरेको छ । बिहिबार माइतीघरमा भ्रष्ट र राष्ट्रयघातीलाई कावाही गर,नेकपासँग गरेको तीनबुद्धे सम्झौता कार्यान्वयन गर लगायतका नारा लगाएर प्रदर्शन गरेको हो ।


बुधबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा विप्लवले ३ बुँदे सहमति कार्यान्वयन र आफ्ना कार्यकर्ता रिहाइका बारेमा छलफल गरेका थिए । पछिल्लो केही दिन यत विप्लवले राजनितिक सक्रियता बढाएका छन् ।

सो क्रममा प्रधानमन्त्री देउवाले सरकारसँग भएको सहमति कार्यान्वयनमा आफू सकारात्मक रहेको बताएको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिएका थिए।

प्रतिक्रिया