लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव

बेरूत । लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार बताएको छ । यूनिसेफका अनुसार लेबनान्मा बढ्दो आर्थिक सङ्कट, कोषको अभाव, ईन्धन र क्लोरीन र स्पेयर पार्ट्स जस्ता आपूर्तिको अभावका कारण आगामी चार हप्तामा देशभर बिस्तारै पानी पम्प बन्द हुने जोखिम रहेको छ ।
“लेबनानका लागि युनिसेफका प्रतिनिधि युकी मोकुउले भन्नुभयो, “लेबनानको वर्तमान आर्थिक सङ्कटका कारण खानेपानीका उपकरण खरीद प्रक्रिया, मर्मतसुधार, पानीको उचित व्यवस्थापन र वितरण विद्युतको अभाव र बढ्दो ईन्धन मूल्य लागतको खतराका कारण खानेपानीका स्रोतहरूलाई यथाअवस्थामा राख्न कठिन देखिएको छ । यसले ठूलो जनसङ्ख्या प्रभावित हुनेछ ।”
युनिसेफले सार्वजनिक खानेपानी प्रणाली बिग्रिएमा निजी खानेपानी आपूर्तिकर्ताको लागि पानी जम्मा गर्दा महिनामा पानीको लागत २०० प्रतिशतले बढ्नसक्ने बताएको छ ।
















यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया