शनिबार, चैत १४, २०८२

भिम रालवको राजीनामा त्यतिकै भएको होइन : प्रचण्ड

मेरोन्यूज २०७८ साउन ९ गते १५:०६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका रहेका नेकपा एमालेका नेता भीम रालवको राजीनामा अस्वाभाविक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादु कर्माचार्यको ८ औँ स्मृति दिवसमा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेका नेता माधव कुमार नेपालले विश्वासको मत दिने बताएका थिए । नेता नेपाल पक्षका रावलले विश्वासको मत दिनुअघि प्रतिनिधिसभा सदस्याको पदबाट राजीनामा दिएका थिए । सोही राजीनामाप्रति प्रचण्डले आशंका व्यक्त गरेका हुन्

‘गठबन्धनमा राम्रो भूमिका खेलेका साथीहरू ढले, त्यो त्यतिकै ढलेको भन्ने होइन, त्योभित्र धेरै गम्भिर विषय रहेका छन्,’ प्रचण्डले भने, ‘नयाँ सरकार बनाउन हामीले बडो तागत लगायौँ, झण्डै दुई तिहाई बहुमत प्राप्त सरकार बनाउन सफल भयौँ ।’

प्रतिक्रिया