मंगलबार, माघ १३, २०८२

कांग्रेस महाधिवेशन : सदस्यता छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउने

मेरोन्यूज २०७८ साउन ९ गते १५:३२

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रयोजनार्थ गठित क्रियाशील सदस्यता छानबिन समितिले ‘सदस्यता छानबिन प्रतिवेदन’ मंलबार बुझाउने भएको छ । आज शनिबार प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी पूर्वपदाधिकारी बैठकमा छानबिन समितिका संयोजक रमेश लेखकले आफूले मंगलबारसम्म क्रियाशील सदस्यता प्रतिवेदन बुझाउने जानकारी गराएका हुन् ।

पदाधिकारी पूर्वपदाधिकारी बैठकमा छानबिन समितिका संयोजक लेखकले छानबिन प्रतिवेदन बुझाउन दुई दिन समय मागेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘क्रियाशील सदस्यता छानबिन समितिले दुई÷तीन दिनमा प्रतिवेदन बुझाउने जानकारी गराएको छ,’ महामन्त्री खड्काले भने ।

बैठकमा पार्टी अधिवेशन, क्रियाशील सदस्यता, निर्वाचन समितिसँग छलफलबारे कुराकानी भएको महामन्त्री खड्काले जानकारी दिए ।

छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी फाइल बुझाएपछि पार्टीको निर्वाचन समितिसँगको परामर्शमा नयाँ वडा र अन्य अधिवेशनको कार्यलालिका सार्वजनिक गरिने महामन्त्री खड्काले जानकारी दिए ।

प्रतिक्रिया