बादल र विप्लवबीच भेटवार्ता

काठमाडौँ । पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता राम बहादुर थापा ‘बादल’ र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच भेट वार्ता भएको छ । विप्लवले आज जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेट गरी बादललाई भेट्न बादल निवास जोरपाटी पुगेका हुन् ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बादलका सचिवालले जनाएको छ । भेटमा विप्लवले केपी शर्मा ओली नेतृत्वको सरकारका तर्फबाट आफ्नो पार्टीसँग ३ बुँदे सम्झौता गरेका बादलसँग सहमति पूर्ण रुपमा कार्यन्वयन नभएको गुनासो गरेका थिए ।
जवाफमा बादलले तत्काल आफ्नो तर्फबाट गर्न सकिने विषयमा त्यसबेला नै कार्यन्वयन गरेको र कतिपय विषय अदालती प्रक्रियाका कारण ढिलाई भएको बताएका थिए । उनले आफू अहिले सरकार नभए पनि सम्झौता कार्यन्वयनका लागि सक्दो पहल गर्ने बताए ।
प्रतिबन्धित विप्लवको पार्टीलाई शान्ति प्रक्रियामा ल्याउन तत्कालीन प्रधानमन्त्री ओलीले गृहमन्त्री बादलको नेतृत्वमा समिति गठन गरेका थिए । यस्तै, विप्लवको पक्षबाट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा समिति गठन भएको थियो ।
पछिल्ला दिनमा विप्लवले प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, मोहन वैद्य, कमल थापालगायत नेताहरूसँग भेट गरेका छन् । भेटमा उनले पछिल्लो राजनीतिक घटनाक्रम तथा तत्कालीन सरकारसँग आफ्नो पार्टीले गरेको सम्झौता कार्यान्वयनबारे छलफल गर्दै आएका छन् ।
















गृहमन्त्रीद्वारा काठमाडौँका कारागारहरूको निरीक्षण- सुधारका लागि निर्देशन
२३ सदस्यीय महिला फुटबल टोली घोषणा
कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने
भयावह बन्दै इरान प्रदर्शन, ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
प्रतिक्रिया