एमाले एकता जोगाउन तेस्रो पुस्ताका सांसदहरुको सक्रियता

काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउन नेताहरुले गरेका अनेकन प्रयासले सार्थकता पाउन नसकिरहेका बेला तेस्रो पुस्ताका नेताहरुले पनि सक्रियता देखाउन थालेका छन् । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालका आ आफनो अडान र अहंमा कारण पार्टी एकतामा समस्या देखा परेको भन्दै दोस्रो तहका स्थायी समितिका सदस्यहरुले लामो प्रयास गरेपनि एकताले मूर्तता पाउन नसकिरहेका बेला सांसद समेत रहेका तेस्रो पुस्ताका नेताहरु कम्मर कसेर जुटन थालेका हुन् ।
ओली र नेपालका तर्फबाट ५–५ जना नेता रहेको कार्यदल गठन गरि १० बुँदे प्रस्ताव समेत तयार पारिसकेको र त्यसलाई नेताहरुले ग्रहण गरिसक्दा समेत एकता हुने रोडम्याप आउन सकिरहेको छैन । वरु वरिष्ठ नेता माधव नेपालको हिमचिम सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी केन्द्र सहितका दलहरुमै हुन थालेपछि नेताहरुमा चिन्ता थपिएको छ ।
त्यही क्रममा ओली र नेपाल दुवै समुहतिर रहेका तेस्रो पुस्ताका सांसदहरुले सिंहदरवारमा पार्टी नेताहरुमाथी एकताको दवाव बढाउने उदेश्यले भेटघाटको तयारी गरेका छन् । दिँउसो १ वजे सांसदहरुले सिंहदरवारस्थित दलको कार्यलयमा छलफल गर्न लागेको सांसद यज्ञराज सुनुवारले जानकारी दिए ।
उनीहरुले पहिलो चरणमा कार्यदलमा रहेका नेताहरुसँग १० बुँदे सहमतिमा नेताहरुलाई सहमति जुटाउन सकिने विन्दुका विषयमा केन्द्रीत रहेर छलफल गर्न लागेका हुन् । कार्यदलमा ओलीका तर्फवाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य थिए ।
पहिलो चरणमा कार्यदलमा रहेका यी नेताहरुसँग छलफल पछि सांसदहरुले ओली र नेपालसँग पनि छलफल गर्ने तयारी गरिहरेको सांसदहरुको भनाई छ ।
यसरी पार्टी एकताको लागि सक्रियता देखाउनेमा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल, डा सूर्य पाठक, लालप्रसाद साँवा ९एलपी०, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन् भने नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा।दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन् ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया