दोहोरो अंकले घट्यो नेप्से, दुई दिनसम्म सेवा बन्द हुने

काठमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन बिहीबार दोहोरो अंकले घटेको छ ।
नेप्से परिसुचक १६ अंकले घटेर ३ हजार १ सय ७ दशमलब ४५ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५१ प्रतिशत कम हो ।
कारोबार भएका मध्ये अपर तामाकोशीको ६५ करोड ३० लाख, अपि पावरको ५८ करोड ४२ लाख, अरुण भ्याली हाइड्रोको ४९ करोड १७ लाख, फर्स्ट माइक्रोफाइनान्सको ३१ करोड ७३ लाख, र अरुण काबेलीको २८ करोड ६७ लाख बराबरको खरिदबिक्रि भएको छ ।
बिहीबार विकास बैंक समुहको बाहेकका सबै समुहगत सूचक घटेका छन् । विकास बैंक समुह भने २ दशमलब २४ प्रतिशतले बढेको छ । हाइड्रोपावर समुह सबैभन्दा धेरै २ दशमलब १६ प्रतिशतले घटेको छ ।
कारोबार भएकामध्ये १ सय ३२ कम्पनीको शेयर मूल्य घटेको छ भने ५२ कम्पनीको शेयर मूल्य बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
स्टक एक्सचेञ्जका अनुसार बिहिबार कारोबारमा आएका २ सय २६ कम्पनीका १ लाख ३५ हजार ४२ कारोबारबाट १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रुपैयाँ बराबरको २ करोड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता शेयर किनबेच भए । यस्तै, भोलि (साउन २२ गते, शुक्रबार) र पर्सी (साउन २३ गते, शनिबार) नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेभसाइटको सेवाहरू सबै बन्द हुने भएको छ ।
डाटा स्तरोन्नतिको काम गर्न लागिएको हुनाले २ दिन सिस्टमहरू नचल्ने नेप्सेले जानकारी दिएको छ । नेप्सेले आफ्नो पुरानो वेभसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेको छ ।















सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छः उपराष्ट्रपति
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
प्रतिक्रिया