आइतबार, पुष १३, २०८२

प्रधानसेनापति थापाद्वारा काजी कालु पाँडे समाधिस्थलको उद्घाटन

मेरोन्यूज २०७८ साउन २२ गते २०:४५

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले चन्द्रागिरी नगरपालिका दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको उद्घाटन गरेका छन् ।

सो अवसरमा काजी कालु पाँडे–काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानका अध्यक्ष पूर्वरथी पवनबहादुर पाँडे, चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरी र वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीलगायतको उपस्थित रहेको थियो ।

सेनाको एकीकरण मार्ग कार्यक्रमअनुसार गढीकिल्लाको सम्भार, संरक्षण तथा प्रवद्र्धन गर्ने नीतिअनुरूप चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडे समाधिस्थलको निर्माण तथा स्तरोन्नति कार्य गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया