सुरु भयो लुम्बिनी प्रदेश एमाले संसदीय दलको बैठक

बुटवल । नेकपा एमाले लुम्बिनी प्देश संसदीय दलको बैठक सुरु भएको छ । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा जारी बैठकमा अबको विकल्पबारे छलफल सुरु भएको सरकारका पूवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्देश सभामा अघि बढ्ने भएपछि त्यसको रणनीत तय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा मुख्यमन्त्रीले राजीनामा दिने भन्ने टुंगो लगाउने बताइएको छ । एमाले सांसद लिला गिरीले अविश्वासको प्रस्ताव र प्रदेश सभाको विशेष अधिवेशन आह्वान संविधानविपरीत भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् ।
शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको विपक्ष गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन् । अविश्वासको प्रस्ताव टेबुल भएमा मुख्यमन्त्री पोखरेल सरकारबाट बाहिरिने निश्चितप्राय छ ।
उसअघि आजै बिहान बसेको प्रदेश मनित्रपरिषदको बैठकमा मुख्यमन्त्री पोखरेलले प्रक्रियामा जाने , राजीनामा नदिने बताएका थिए । उनले प्रदेश सभामा प्रक्रियाको सामना गर्न तयार रहेको बताएका हुन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले भने, – ‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न, जे पर्छ संवैधानिक प्रक्रिया अनुसार संसदमै सामना गर्नुहुन्छ, संसदको प्रक्रियामा सहभागी हुन्छौं ।’









मधेशका मुख्यमन्त्री यादवले लिए शपथ
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु
मधेशका मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिने
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया