सुरु भयो लुम्बिनी प्रदेश एमाले संसदीय दलको बैठक

बुटवल । नेकपा एमाले लुम्बिनी प्देश संसदीय दलको बैठक सुरु भएको छ । बुटवलस्थित मुख्यमन्त्रीको निवासमा जारी बैठकमा अबको विकल्पबारे छलफल सुरु भएको सरकारका पूवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्ताव प्देश सभामा अघि बढ्ने भएपछि त्यसको रणनीत तय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने वा मुख्यमन्त्रीले राजीनामा दिने भन्ने टुंगो लगाउने बताइएको छ । एमाले सांसद लिला गिरीले अविश्वासको प्रस्ताव र प्रदेश सभाको विशेष अधिवेशन आह्वान संविधानविपरीत भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका छन् ।
शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको विपक्ष गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन् । अविश्वासको प्रस्ताव टेबुल भएमा मुख्यमन्त्री पोखरेल सरकारबाट बाहिरिने निश्चितप्राय छ ।
उसअघि आजै बिहान बसेको प्रदेश मनित्रपरिषदको बैठकमा मुख्यमन्त्री पोखरेलले प्रक्रियामा जाने , राजीनामा नदिने बताएका थिए । उनले प्रदेश सभामा प्रक्रियाको सामना गर्न तयार रहेको बताएका हुन् ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठले भने, – ‘मुख्यमन्त्रीले राजीनामा दिनुहुन्न, जे पर्छ संवैधानिक प्रक्रिया अनुसार संसदमै सामना गर्नुहुन्छ, संसदको प्रक्रियामा सहभागी हुन्छौं ।’

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया