शनिबार, फागुन २, २०८२

कांग्रेस सभापति उठ्नेले उम्मेदवारी दर्ता गदै ३० हजार बुझाउनु पर्ने, कुन पदका लागि कति शुल्क ?

मेरोन्यूज २०७८ साउन २८ गते १८:४७

कठमाडौं । सत्तासिन दल नेपाली काग्रेसको महाधिवशेनको टुंग्गो छैन । १६ भदौं देखि तोकिएको महाधिवेशन कार्यतालिका फेरि प्रभावित हुने निश्चित छ ।

Advertisement
nepal life insurencenepal life insurence

क्रियाशिल सदस्यता विवा नै नटुग्गिएको कारण महाधिवेशन प्रभावित बन्न लागेको हो । वडा, गाउ, नगर अधिवेशनहरु प्रभावित बनिसकेका छन् । नयाँ कार्यतालिका काग्रेसले अझै ल्याउन सकेको छैन ।

तर महाधिवेशनमा सभापति देखि केन्द्रीय सदस्य उठ्ने सम्मले उम्मेदवारी दर्ता गर्दा कति रकम उम्मेदवारी दर्ता गर्दा वझुाउने भन्ने निर्वाचन समितिले मोटामोटी खाका तयार पारेको छ । काग्रेसको विहिवारको बैठकमा निर्वाचन समिितले त्यस वारेको प्रस्ताव पेश गरेको एक नेताले बताए ।

जसअनुसार सभापति उठन चाहनेले ३० हजार रुपैया उम्मेदवार दर्ताकै लागि वुझाउनु पर्ने गरी निर्वाचन समितिले शुल्क प्रस्ताव गरेको छ ।
सभापतिलाई ३० हजार, उपसभापतिका लागि २५ हजार, महामन्त्रीका लागि २० हजार रुपैया उम्मेदवारी दर्ता शुल्क लाग्ने गरी निर्वाचन समितिले प्रस्ताव तयार पारेको हो ।
त्यसैगरी, सह महामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको छ।

प्रतिक्रिया