जिउँदै मानिस जलाएको आरोप लागेका आलमको रिटमाथि सुनुवाई हुँदै
मेरोन्यूज
२०७८ साउन २९ गते १२:३५

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमन्त्री मोहम्बद आफ्ताव आलमले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । आफू थुनाबाट छुट्न पाउनु पर्ने भन्दै आलमले दिएको निवेदनमाथि शुक्रबार सर्वोच्च अदालतमा सुनुवाई हुने भएको हो ।
सर्वोच्चका न्यायाधीशहरू प्रकाशमानसिंह राउन र कुमार चुडालको इजलासमा आलमले दिएको निवेदन पहिलो प्राथमिकतामा छ । निर्वाचनको समयमा बम विस्फोट हुँदा घाइते भएका करिब दुई दर्जन व्यक्तिलाई जिउँदै जलाएको आरोप लागेसँगै आलम थुनामा छन् ।
कांग्रेस सरकारमा आएसँगै आलमको मुद्दा पेशीमा चढ्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गत महिना देउवा प्रधानमन्त्री भएसँगै विशेष अदालतमा हाजिर भएका विजयकुमार गच्छदार धरौटीमा छुटेका थिए । उनीमाथि प्रधानमन्त्री निवास बालुवाटारको जग्गा हिनामिना गरेको आरोप लागेको थियो ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया